सुनको भाउ तोलाको ९७ हजार ८०० निर्धारण

0
Shares

छापावाल सुनको मूल्य बुधबार नेपाली बजारमा प्रतितोला ९७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

पहेँलो धातु सोमबार प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा नै कारोबार भएकोमा अघिल्लो दिन मंगलबार सोही भाउमा खरीद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको भाउ पनि १०० रुपैयाँ बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन मंगलबार ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी बजारमा बुधबार चाँँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २४० रुपैयाँ भाउ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो । सोमबा १० रुपैयाँले बढेर कारोबार भएका चाँदी मंगलबार सोमबारकै भाउमा खरीद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२१ र चाँदी प्रतिऔंस २०.८३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७९, बुधबार  ११ : ३४ बजे