बरुण हाइड्रोले पायो शतप्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई असार १५ गते बुधबार एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

जस अनुसार कम्पनीले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७९, बुधबार  १३ : २३ बजे