सुनको भाउ तोलाको ३०० रुपैयाँले सस्तियो

0
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा १०० रुपैयाँले बढेर कारोबार भएको सुन बिहीबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

पहेँलो धातु बुधबार प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा खरीद बिक्री भएको थियो ।

आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँ घटेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन मंगलबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी बजारमा बिहीबार चाँँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको लागि चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ भाउ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१६ र चाँदी प्रतिऔंस २०.७३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ असार २०७९, बिहीबार  १० : ५५ बजे