हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन गरेको आईपीओमा तीन दिनको अवधिमा १० लाख बढीले आवेदन गरेका छन ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार ५ बजेसम्ममा १० लाख ५ हजार ७८८ आवेदकबाट एक अर्ब १३ करोड ९८ लाख एक हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ९८ हजार कित्ता सेयर माग भएको हो ।
कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेवसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया