
इङ्वा हाइड्रोपावरले १८ करोड रुपैयाँ बरारबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले नियामक निकाय धितोपत्र बोर्डसँग २०७८ फागुन १६ गते अनुमति माग गरेको थियो । बोर्डले पछिल्लो पटक असार १७ गते कम्पनीलाई विद्युत नियमन आयोगबाट आइैपीओ जारी गर्न दिएको पुर्न स्वीकृति सहितका अन्य कागजात मागेको छ ।
इङ्वा हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १८ करोड मूल्यको १८ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।
सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ खुलाउनेछ ।
साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेको थिए ।
ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया