नेप्सेमा चार कम्पनीको ६२ लाख कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता ६२ लाख ६१ हजार ७७४ कित्ता बाेनस सेयर सूचीकृत भएको छ । यो साता विभिन्न चार कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार यो साता जीवन विकास लघुवित्त, समीट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

स्टकका अनुसार जीवन विकास लघुवित्तको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर, समीट लघुवित्तको ९ लाख ९७ हजार कित्ता, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ७ लाख १० हजार १६२ दशमलव ६४ कित्ता सेयर र जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ९५ हजार ८१२ कित्ता सेयर सूचीकृत भएको हो ।

गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट जीवन विकास लघुवित्तको चुक्ता पुँजीको ७० प्रतिशत, समीट लघुवित्तको २५.२८५४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत, र एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर यो साता सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर सम्बन्धीत कम्पनीको साधारण सभाका लागि बुकक्लोजका अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार  १६ : ०८ बजे