नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन् ।

कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उक्त जानकारी कम्पनीले नेप्से मार्फत सूचना जारी गरेर दिएको हो । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी हो । जसमा सरकारको ४४.०३९ प्रतिशत लगानी रहेको छ ।

संस्थापक सेयरधनीका रूपमा निर्जिवन बीमा, जीवन बीमा कम्पनीहरूको ३९.९६१ प्रतिशत सेयर स्वामित्व रहेको भने सर्वसाधारण सेयरधनी समूहको १६ प्रतिशत लगानी रहेको छ । नेपाल पुनर्बीमा नेपालमा स्थापना भएको पहिलो पुनर्बीमा कम्पनी हो ।

@०६० असोज ३१ मा स्थापित आकस्मिक बीमा कोषलाई २०७१ साउन २१ को मन्त्रिपरिषदले नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने निर्णय गर्‍यो। त्यसको ठीक तीन महिनापछि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो ।

हाल निजी क्षेत्रको लगानीमा हिमालयन पुनर्बीमा कम्पनी स्थापना भएपछि देशभित्र दुई पुनर्बीमा कम्पनीले कारोबार गर्दै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार  १२ : ५१ बजे