शिवम् सिमेन्टका सञ्चालक मोरको राजीनामा स्वीकृत

0
Shares

शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक समितिका सदस्य अमिर मोरले राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले मोरले दिएको राजीनामा स्वीकृत गरेको हो । उक्त सूचना कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

मोर लक्की ग्र्रुप, नेपालका कार्यकारी निर्देशक पनि हुन्। लक्की ग्रुप विभिन्न उत्पादन र व्यापारिक क्षेत्रका उद्योगहरूमा संलग्न एक ठूलो समूह व्यवसायिक घराना हो । 

उनले विभिन्न पाँच विषयहरू (म्यानेजेरियल फाइनान्स, मार्केटिङ, लिडरसीप एण्ड अर्गनाइजेसन विहेवियर, बिजनेस स्ट्याटजी र इन्टरनेशनल फाइनान्समा संयुक्त राज्य अमेरिकाबाट स्नातकोत्तर (एमबीए डिग्री) हासिल गरेका छन् । मोरले नेपाल विदेश व्यापार संघका कार्यकारी सदस्य र नेपाल तरकारी घिउ तथा तेल उत्पादक संघका महासचिव रहेर काम गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार  १३ : २३ बजे