
ङादी ग्रुप पावरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्नको लागि असार २० गते सोमबार बुकक्लोज तोकेसँगै नेप्सेले आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो ।
हकप्रद समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य २६३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक ५०९ रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा हकप्रद समायोजन गरिएको हो ।
सोमबार अब कम्पनीको समायोजनपछिको सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया