श्री इन्भेष्ट फाइनान्सले साधारण सभाबाट नयाँ सञ्चालक समिति सदस्य निर्वाचित नभएसम्मका लागि फाइनान्सको विद्यमान सञ्चालक समितिका सदस्यहरुलाई निरन्तरता दिने भएको छ ।
फाइनान्सको २०७५ असार २२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशील रहेको विद्यमान सञ्चालक समितिका सदस्यहरुको कार्यकाल मिति २०७९ असार २१ गते मंगलबार समाप्त हुँदैछ ।
यद्यपी कम्पनीको आगामी २८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई आउने सञ्चालक समितिलाई कार्यभार हस्तान्तरण गर्ने गरी हालकै सञ्चालक समितिलाई निरन्तरता दिने निर्णय भएको कम्पनीका सचिव तेजवहादुर रानामगरले बताए ।
विसं २०७९ असार १७ गते शुक्रबार बसेको ३१८ औं बैठकले साधारण सभाबाट नयाँ सञ्चालक चयन नहुँदासम्मको लागि विद्यमान सञ्चालक समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
हाल फाइनान्सको सञ्चालन समिति अध्यक्षमा शशिराज पाण्डे रहेका छन् भने अन्य सञ्चालक समिति सदस्यहरुमा दिनेश राज जोशी, महेश प्रसाद अधिकारी, उमेश भगत प्रधानाङ्ग, रामकृष्ण शर्मा वाग्ले र स्वतन्त्र सञ्चालकमा ममता अधिकारी रहेकी छिन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया