शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्गस पब्लिक कम्पनीमा परिणत

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिले कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।

नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पव्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिलाई पब्लिक लिमिटेडमा पारित गरी शिवम् होल्डिङ्गस लिमिटेड कायम भई लगानी गर्ने उदयेश्य रहेको पव्लिक लिमिटेड कम्पनीको हैसियतले कारोवार संचालन गर्न कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति समेत प्राप्त गरिसकेको छ ।

शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ । शिवम् होल्डिङ्गसले नेपाल कै सबैभन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनीयाँ विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रालिको सस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनीया हङकङ रेड लाइन सिमेन्ट नम्बर ३ कम्पनीको ७० प्रतिशत सयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मेट्रिक टन क्लिङकर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा विक्री वितरण गरी रहेको छ ।

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६ हजार मेट्रिक टन उत्पादन गर्ने र दैनिक २० हजार मेट्रिक टन चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पु¥याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ किलोमिटर लामो सुरुङग मार्ग निर्माणाधिन अवस्थामा रहेको छ । उक्त कम्पनीले गत आव २०७७।०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर समेत वितरण गरिसकेको छ ।

साथै शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीले आफ्नो चुक्ता पूँजीको अधिकांश रकम होङशी शिवम् सिमेन्ट प्रालिको उद्योगमा संस्थापक सेयरवालाको हैसियतले सेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरु भई सकेको यस कम्पनीले संस्थापक समूह तर्फ ८० प्रतिशत रहेको छ भने निकट भविष्यमा धितोपत्र बोर्ड समेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरि थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको छ ।

शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ । कम्पनीमा अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरुले करिब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् ।

यस शिवम् होल्डिङ्गस लिमिटेडले प्रत्यक्ष रुपमा सेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्ट प्रालि मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिव १२ मेगावाट विद्युत उत्पादन गरी आफैँ सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो भने दोस्रो लाईनबाट उत्पादन शुरु भएपछि प्रति दिन १२ हजार मेट्रिक टन क्लिङ्कर तथा सिमेन्ट उत्पादन हुने छ ।

हाल नेपाल विद्युत प्राधिकरणबाट होङ्शी शिवम् सिमेन्ट उद्योगलाई २५ मेगावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ । उक्त उद्योगको कारण हाल नेपालमा सिमेन्ट र क्लिङ्कर उत्पादनमा आत्मनिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ ।

त्यसै गरी शिवम् सिमेन्ट्स लिमिटेड, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर क्यालिटी अर्वाड प्रथम पुरस्कार प्राप्त गर्ने नेपाल कै एक अग्रणी उच्च गुणस्तरको शिवम् ब्राण्डको असली ओपिसि सिमेन्ट उत्पादन गरी विक्री वितरण गर्ने सिमेन्टका रुपमा आम उपभोक्ता वर्गले सर्वाधिक रुपमा खोजी गर्ने र रोजाईको सिमेन्ट रहेको विज्ञप्ती मार्फत जनाइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७९, सोमबार  १८ : ०६ बजे