
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले साढे ३१ करोड बराबरको आईपीओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।
कम्पनीले आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा निमार्ण गरेको छ। जसको जारी पूँजी दुई अर्व १० करोड छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया