सेयर बजारमा बुधबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार (नेप्से) १३.३३ अंकले बढेर २०४३.९२ अंकमा पुगेको हाे ।
यसदिन २२८ कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर ३८ हजार ८ पटकको कारोबारबाट २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएका १३ उपसमुहगत सूचक मध्ये बैंकिङ्ग, निर्जीवन बीमा र म्युचुअल फण्डको सूचक घटेको छ भने बाँकी दश वटा बढेको छ । फाइनान्स सर्वाधिक २.७२ प्रतिशतले बढेको बजारमा जीवन बीमा २.६८ र विकास बैंक २.११ प्रतिशतले बढेको छ । जलविद्युत र अन्य एक प्रतिशतभन्दा अधिकले बढ्दा बाँकी सबै एक प्रतिशतभन्दा कम मात्र बढेका छन् ।
बुधबार कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स अब्बल देखिएको छ । फाइनान्सको सर्वाधिक ११ करोड ७२ लाख ८० हजार रुपैयाँ बराबरको सेय। खरिद बिक्री भएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११.५३ करोड र सिभिल बैंकको १०.५४ करोडको सेयर खरिद बिक्री भएको छ । हिमालयन डिस्टिलरी, उपर तामाकोसी, शिवम् सिमेन्ट, अरुण काबेली, ङादी ग्रुप पावर, एसियन लाइफ, र नबिल बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ४.९५ करोडको सेयर खरिद बिक्री भएको छ ।
बुधबार एनआईसी नेपाल र सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एलआईसीको प्रतिकित्ता सेयर मूल्य १४०.९० रुपैयाँ बढेर १५४९.९० रुपैयाँ पुगेको छ । सिवाईसी नेपालको १५४.३० रुपैयाँ बढेर १६९८.२० रुपैयाँ पुगेको छ ।

यस्तै तेह्रथुम पावरको ७.७८ प्रतिशत, सिभिल बैंक ७, रिलायन्स फाइनान्स ६.४२, इमर्जिङ्ग नेपाल ६.१६, कालिका पावर ५.०३, श्री इन्भेष्ट फाइनान्स ४.९९, अपर तामाकोसी ४.५२ र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ४.३३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा एनसीसी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ । स्वाभिमान लघुवित्त ५.६८, सिटिजन्स म्युचुअल फण्ड २ को इकाई ५.२८, किसान लघुवित्त ४.३०, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ३.५१ र ङादी ग्रुप पावरको ३.०७ प्रतिशतले घटेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया