ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाईमा साउन ४ गतेसम्म आवेदन दिन सकिने

0
Shares

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमा साउन ४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

निर्धारित छोटो अवधिमा सबै इकाई खरिदका लागि आवेदन नपरेपछि क्यापिटलले दश वर्ष अवधिको योजनाको इकाई खरिदका लागि साउन ४ गतेसम्म म्याद थपेको हो ।

असार २२ गतेदेखि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । कुल बिक्री इकाईको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोबल आइएमई क्यापिटल र १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरिएको छ । १० करोड २० लाख इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

लगानीकर्ताले मेरो सेयर मोबाइल एप तथा मेरो सेयर वेबसाइटका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मर्फत आवेदन दिन सक्नेछन्। फन्डको इकाईमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार असार २४ गते शुक्रबारसम्म २६ हजार ३५ वटा आवेदनबाट १ करोड ११ लाख ८८ हजार १२० इकाईको माग परेको छ । यो सर्वसाधारणबाट मागिएको संख्याको करिब ११ प्रतिशत मात्र हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार  ०८ : ४६ बजे