प्रि-ओपनिङ्गमा सोमबार कस्तो रह्यो कारोबार ?

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्ग सेसनमा साखै उत्साह देखिएको छैन । नेप्से सामान्य बढेको छ भने कारोबार रकम पनि न्यून नै रहेको छ ।

यस अवधिमा नेप्से ०.७१ अंकले बढेर १ हजार ९९३ दशमलव ३३ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनीको ९०९ कित्ता सेयर ३ लाख ५८ हजार ९६२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ७ कम्पनी मध्ये ५ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ ।नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १० : ५५ बजे