दुई लघुवित्त सहित तीन कम्पनीले पाए ३३ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति

0
Shares

दुई लघुवित्त कम्पनी र एक हाइड्रोपावर कम्पनी गरि तीन कम्पनीले कुल ३३ लाख ६ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सिक्लेस हाइड्रोपावर लिमिटेडले सेयर जारी गर्न अनुमति पाएका हुन् ।

सिक्लेस हाइड्रोपावरले असार २३ गते बिहीबार र दुई लघुवित्तले असार २४ गते शुक्रबार सेयर बिक्रीको अनुमति पाएका हुन् ।

बोर्डबाट अनुमति पाएकोमध्ये सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरले २० करोड मूल्यको २० लाख कित्ता अनुमति पाएको छ । यस्तै अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता र धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख मूल्यको ३ लाख ३१ हजार कित्ता सेयर रहेको छ ।

बोर्डको अनुमति पाएका तीववटै कम्पनीले अबको दुई महिनाभित्र सेयर जारी गरिसक्नुपर्नेछ ।

सिक्लेस हाइड्रोपावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट, अभियान लघुवित्तको मुक्तिनाथ क्यापिटल र धौलागिरी लघुवित्तको धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।