पछिल्लो समय सेयर बजार सुस्ताएपछि प्रि ओपनिङ्ग सेसनमा कारोबार रौनकता हराउँदै जान थालेको छ । नेप्सेमा देखिएको घट्दो क्रमले कारोबार हुने कम्पनी र कारोबार रकम दुबै पनि निकै घटेको छ ।
बढ्दो बजारमा सबै लगानीकर्तालाई प्रि ओपनिङ्गमा कुन कम्पनीको सेयरमूल्य के भयो भन्ने चासो थियो । सुरुवातमा प्रि-ओपनिङ्गमा कुनैपनि कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले घटबढ हुनसक्ने व्यवस्था रहेको थियाे । उक्त व्यवस्थामा खेलेर चलाख लगानीकर्ताहरूबाट सेयरमूल्य घटाउन वा बढाउनका लागि नै प्रि-ओपनिङ्ग सेसनको प्रयोग भएको भन्दै लगानीकर्ताले विरोध जनाएपछि नेप्सेले यस अवधिमा समेत नियमित कारोबार समयमा सरह २ प्रतिशतले मात्र सेयरमूल्य घटबढ भएर कारोबार हुने व्यवस्था गरेको थियो ।
यसै समयमा देखिएको कारोबार प्रवृत्तिले सम्बन्धीत कम्पनीको सेयरमूल्य कता जान्छ भन्ने समेत आंकलन हुन्थ्यो । तर घट्दो बजारका कारण नियमित समयमा समेत कारोबारमा संलग्न हुने लगानीर्ता थोरै रहेकोमा सुरुवाति पन्ध्र मिनेट हुने कारोबारमा खासै उत्साहजनक अवस्था छैन ।
कुनै समय प्रि ओपनिङ्गमा नै एक करोडभन्दा बढीको सेयर कारोबार हुँदै आएकोमा अहिले २-३ लाख मात्रै कारोबार हुने गरेको हो । नियामकीय व्यवस्थाका कारण ओरालो लाग्ने थालेको नेप्से पछिल्लो एक वर्षमा एक हजार ३० बिन्दुले तल झरिसकेको छ ।
राष्ट्र बैंकले सेयर बजारमा हुने लगानी कस्ने नीति चालु आवको मौद्रिक नीति मार्फत गरेपछि नेप्से घट्न थालेको थियो । २०७८ भदौ २ गते ३१९८ बिन्दुमा रहेको नेप्से १ हजार ९०० हाराहारीमा कायम छ । सोमबार मात्रै पनि नेप्से ७७ अंकले घटेर बन्द भएको थियो ।
। साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ०.८० अंकले बढेको छ । वृद्धिसँगै नेप्से १९१६.४१ बिन्दुमा पुगेको छ ।
मंगलबार ५ कम्पनीका ५२४ कित्ता सेयर २ लाख ३८ हजार ९३९ रुपैयाँमा खरिद बिक्री भएको छ । ६ वटा कारोबारबाट उक्त सेयर खरिद बिक्री भएका हुन् । कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ५ मध्ये ३ वटै कम्पनीको सेयरमूल्य बढेको छ । दुई कम्पनीको मूल्य स्थीर रहेको छ । कुनैपनि कम्पनीको सेयरमूल्य घटेको छैन । मंगलबारको प्रि ओपनिङ्ग सेसनमा अपर तामाकोशी, मिर्मिरे लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढ्दा नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र आँखुखोला हाइड्रोपावरको सेयरमूल्य भने स्थीर बनेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया