तेस्रो किस्ता बापतको कर तथा विवरण बुझाउन विभागको ताकेता

0
Shares

आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ता बापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।

विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्व करदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार  १७ : ३५ बजे