सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० सय रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० तोकिएकोे छ । अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया