आईपीओ बाँडफाँडमा प्रयोग गरिने बलले कसरी निर्धारण गर्छ सेयर पाउने भाग्यमानी आवेदक ? कुनै पनि कम्पनीको आइपीओ निष्कासनमा माग गरेभन्दा बढी आवेदन परेको खण्डमा बाँडफाँड गर्दा एउटा बलको सहायता लिइन्छ ।
आजभोलि निष्काशित सेयरसंख्याभन्दा धेरै आवेदन पर्न थालेकाले धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार हरेक सार्वजनिक निष्काशनमा गोलाप्रथाबाट सेयर बाँडफाँड गरिने गरिएको छ । गोलाप्रथा प्रणालीबाट हुने आईपीओ कसलाई पर्छ वा कसलाई पर्दैन त्यसको निर्धारण बाँडफाँडको समयमा थुतिने बलले निर्धारण गरेको छ । आईपीओ बाँडफाँड कसरी हुन्छ ? त्यो बलबाट कसरी बाँडफाँड हुन्छ त ? एउटा बल नम्बर तानेर कसरी सबै आवेदकको सेयर परे नपरेको छिनोफानो हुन्छ ? यी प्रश्नहरूकाे जवाफ हामीले आईपीओ बाँडफाँडका लागि प्रयोग हुने सिस्टम उपलब्ध गराउने संस्था प्रोफेसनल कम्प्युटर सिस्टमका प्रतिनिधि महेश मानन्धरसँग साेधेका छाैं, उनकाे कुरा सुनौं ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया