
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटका क्रममा मन्त्री वडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिवद्ध भएको बताए ।
मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिए।
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताए । उनका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो ।
मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया