नवीकरण नगर्ने प्रसारण संस्थाको अनुमतिपत्र रद्द गराउन निर्देशन

0
Shares

महालेखाको कार्यालयले तोकिएको समयमा प्रसारण इजाजतपत्र नवीकरण नगराउने प्रसारण संस्थाको अनुमतिपत्र रद्द गराउन सूचना तथा प्रशारण विभागको ध्यानकर्षण गराएको छ ।

महालेखाले सूचना तथा प्रशारण विभागबाट इजाजत लिएका २०२ टेलिभिजन र ६५ एफ.एम. रेडियोले प्रसारण इजाजतपत्र प्राप्त गरेको देखिएको र ती संस्थाहरूमध्ये १४५ टेलिभिजन र ९ एफ.एम. रेडियोसमेत १५४ संस्थाले २०७८ आषाढ मसान्तसम्म इजाजत पत्र नवीकरण नगराएको उल्लेख गरेको छ ।

प्रसारण इजाजतपत्र नवीकरण (राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १६(४) वमोजिम म्याद भुक्तान भएपछि हरेक वर्ष इजाजतपत्र नवीकरण गर्न आएमा दश प्रतिशतदेखि शतप्रतिशतसम्म जरिवाना लिई नवीकरण गर्नसक्ने व्यवस्था रहेको जनाएको छ

सो समयभित्र पनि नवीकरण नगराएमा इजाजतपत्र स्वतः रद्द हुने र नियम १८ वमोजिम इजाजतपत्रमा उल्लिखित शर्तवमोजिम कार्यक्रम प्रसारण गरेको नदेखिएमा मन्त्रालयले अनुमतिपत्र रद्द गर्न एवं अनधिकृत कुनै कार्यक्रम प्रसारण गरेको देखिएमा त्यस्तो कार्यक्रम प्रसारण गर्न प्रयोग गरेको यन्त्र वा उपकरण आफ्नो नियन्त्रणमा लिन सक्ने व्यवस्थाप्रति सरकारको ध्यानकर्षण गराएको छ ।

नियमानुसार जरिवाना गर्ने ६ महिनाभित्र नवीकरण नगराउने प्रसारण संस्थाको अनुमनिपत्र रद्द भएको अभिलेख राख्ने, निरीक्षण गर्ने गराउने कार्य नभएको भन्दै मन्त्रालयवाट इजाजतपत्र नवीकरण नगराउने संस्थाहरूको सम्वन्धमा अनुगमन तथा छानविन गरी नियमवमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहीबार  ११ : ३९ बजे