बरुण हाइड्रोपावरको सेयरमूल्य २७१.५० रुपैयाँ निर्धारण

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य प्रतिसेयर २७१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

कम्पनीले जारी गर्न लागेको एक बराबर एक अनुपात (१०० प्रतिशत) को हकप्रद जारी गर्न सोमबार बुकक्लोज तोकेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबार कायम अन्तिम मुल्यलाई आधार मानेर हकप्रद समायोजन गरेको हो ।

आइतबार कम्पनीको सेयर अन्तिम पटक ४४३ रुपैयाँमा कारोबार बन्द भएको थियो ।  अब सोमबार दोस्रो बजारमा नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानेर कम्पनीको धितोपत्र कारोबार सुचारु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०७९, आइतबार  १८ : ४४ बजे