नागरिक लगानीकोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको ३ अर्ब ४५ करोड रूपेयाँ बराबरकाे साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गरेका हुन् ।
कोषले जारी गरेको विज्ञप्ति अनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मुल्य १०० रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रति कित्ता ४३५ रुपैयाँका दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ बराबरको सेयरको प्रत्याभुति गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया