सूर्या लाइफ इन्स्योरेन्सले साउन १९ गते डाक्यो विशेष साधारण सभा

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १९ गते बिहीबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकको निर्णयअनुसार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रस्ताव स्वीकृत गर्न सभा बोलाउने निर्णय गरेको हो । सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै मर्जरका सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्ने/गाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीको विशेष साधारण सभाले नियमकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारण सभाका लागि बुकक्लोज मिति असार १३ गते तोकिएको छ । मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको सेयर धितोपत्रको दोस्रो बजारमा असार १३ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । यस आधारमा असार १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ साउन २०७९, सोमबार  १० : ५५ बजे