आदर्श लुघवित्तको आईपीओ मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को साउन ३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुला हुने भएको छ ।

कम्पनीले सोमबार आईपीऋो बिक्रीपछि कायम चुक्ता पुँजीका आधारमा हुन आउनले प्रतिसेयर अंकित मूल्य १०० रुपेयाँ अंकित दरका २ लाख ७ हजार कित्ता सेयर सूचीकृत गरेको छ ।

सेयर सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि सम्बन्धीत कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने व्यवस्था छ । सोही अनुसार कम्पनीको सेयर मंगलबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई दोस्रो बजारमा कारोबारका लागि ‘एडीएलबी’ संकेत दिएको छ ।

साथै कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा नेप्सेले न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ रेन्ज पनि तोकेको छ । यसअनुसार मंगलबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको कारोबार नेप्सेले दिएको ओपनिङ्ग रेञ्जभित्र पहिलो कारोबार म्याचिङ्ग भई कारोबार सुचारु हुनेछ । स्पेशल प्रि ओपनिङ्गमा कारोबार म्याचिङ्ग सम्भव भएको खण्डमा भने जुन दिन सम्भव हुन्छ सोही दिनदेखि नियमित कारोबार समयमा लघुवित्तको सेयर कारोबारमा आउनेछ ।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ०.५५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्ता सेयर ६ हजार २६१ जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका थिए । कम्पनीको आईपीओ असार १३ गते बाँडफाँड भएको थियो ।

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब बिओके क्यापिटलले गर्नेछ ।

१. आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, ६ हजार २६१ आवेदकले मात्र पाए सेयर

२. आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ साउन २०७९, सोमबार  १६ : ५५ बजे