सम्भावित आर्थिक मन्दीको कहरबाट लगानीकर्ताहरु आत्तिँदा क्रिप्टोकरेन्सी ओरालो लागेको छ । क्रिप्टोको मूल्यमा आएको गिरवटका कारण अमेरिकी क्रिप्टो फर्म सेल्सीयस टाट पल्टिएको हो ।
टाट पल्टिएको फर्मको पुर्नसंरचना गर्ने उपाय बिटकोइनको माइनिङ रहेको फर्मका कानुनी सल्लाहकारले जनाएका छन् । बिटकोइनको उत्खनन् गर्नको लागि अमेरिकी अदालतले ३७ लाख डलर स्वीकृत गरेको छ । यसैगरी आयात गरिएका बिटकोइन माइनिङ रिग्सको आयात कर व्यवस्थापन गर्न १५ लाख डलर फर्मको नाममा स्वीकृत भएको छ ।
अदालतले स्वीकृत गरेको उक्त रकमबाट फर्मले बन्द गरेका कामहरु सञ्चालन हुने र आफ्ना ग्राहकहरुले जति क्रिप्टो गुमाएका छन्, त्यसलाई भुक्तानी गर्नसक्ने कानुनी सल्लाहकार प्याट्रिक नासले बताएका छन् । क्रिप्टो मार्केटले रिबाउन्स गरेपछि क्रिप्टोको माग बढ्ने हुँदा तत्कालको लागि माइनिङ गर्नु नै उचित रहेको उनले बताएका छन् ।
क्रिप्टो मार्केटमा उच्च स्थीरता कायम हुँदा, सेल्सीयस फर्मले आफ्नो एसेट गुमाएको थियो भने कम्पनी बचाउनको लागि आफ्ना ग्राहकहरुको अकाउन्टमा भएको क्रिप्टो जफत गरेको थियो । विभिन्न उपाय अपनाउँदा पनि नोक्सान बढ्दै गएपछि सेल्सीयस अन्ततः टाट पल्टिएको घोषणा गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया