पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि ७ दिन थप गरिएको छ ।
बिहीबार संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।
उक्त विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखिआएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए । बहुमत सांसदहरूले सहमति जनाएपछि उक्त समितिको म्याद सात दिन थप भएको हो ।
असार २२ गते गठन भएको समितिले असार २८ गतेदेखि काम सुरु गरेको थियो । यसअघि समितिको कार्यावधि दश दिन रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया