सिभिल लघुवित्तको खुद नाफा ७ करोड ३६ लाख

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ मा ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुुवित्तको नाफा १३.३९ प्रतिशत बढेको हो ।

चुक्ता पूँजी १९ प्रतिशत बढाएको लघुवित्तको पुँजी २८ करोड ८१ लाख २४ हजार छ भने जगेडा कोषमा १३ करोड ८ लाख ७३ हजार सञ्चित छ । जगेडा कोष ९.२५ प्रतिशतले बढेको हो ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको अधिकांश सूचक सुधारिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशत र सञ्चालन नाफा १८.०६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

नाफाभन्दा पुँजी वृद्धि उच्च हुँदा लघुवित्तको प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ घटेर २५.५६ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.२९ गुणा, प्रतिसेयर नेटवर्थ १४८.८५ रुपैयाँ छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको निक्षेप ५७.६८ प्रतिशत, सापटी ५४.१४ प्रतिशत र कर्जा ५७.१५ प्रतिशतले बढेको छ । लघुवित्तले ९७ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ५१ करोड २६ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २३ करोड ९६ लाख ८० हजार खुद ब्याज आम्दानी र १० करोड ८४ लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा १ करोड २ लाख सम्भावित कर्जा नोक्सनी व्यवस्था गरेको गत आवमा ३३ लाख ६० हजार छुट्टाउँदा ८० लाख ८३ हजार असुली गरेको छ । लघुवित्तको खराब कर्जा अनुपात १.४७ प्रतिशत, निक्षेप संकलन लागत १०.९१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ साउन २०७९, शुक्रबार  १० : ३२ बजे