नेपाल राष्ट्र बैंकले दिउँसो ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति मार्फत ब्याजदरमा वृद्धि, अनुत्पादनक क्षेत्रमा प्रवाहित हुने कर्जामा कडाई गर्ने भएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ बिन्दुमा झरेको छ । आज २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ मध्ये सबै उपसमुहगत सूचक ओरालो लागेका छन् । ब्यापार, उत्पादन, अन्य, होटल तथा पर्यटनमुलक र विकास बैंकको सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

कारोबारमा शिवम् सिमेन्टस् अब्बल साबित भएको छ । कम्पनीको २१ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । हिमालयन डिष्टिलरी ६ करोड ८० लाख, गोर्खाज फाइनान्स ४ करोड ९५ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबारमा आयो ।
आजको बजारमा किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशतले बढेर ९४९.१० रुपैयाँ पुगेको छ । यसैगरी गणपति माइक्रोफाइनान्सको ६.०७ प्रतिशत र नयाँ सारथी लघुवित्तको ४ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आजको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.७९ प्रतिशतले घटेर २२६.१० रुपैयाँमा झरेको छ । यसैगरी रुरु जलविद्युत ४.७३ प्रतिशत, सूर्योदय वोमी लघुवित्त ४.५६ प्रतिशत, सिभिल लघुवित्त ४.२६ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया