एचआइडीसीएललाई संस्थापक सेयर बेच्न सकसः साउन १५ देखि पुनः लिलामी खुल्ने

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) संस्थापक सेयर बिक्री गर्न सकस परेको छ ।

पछिल्लो समय सेयर बजारमा आएको वियरिस ट्रेण्डले प्रतिसेयर करिब ६०० रुपैयाँ पुगेको कम्पनीको साधारण सेयरमूल्य नै २०० रुपैयाँभन्दा तल झरेपछि कम्पनीको सेयर प्रतिसेयर १०० रुपैयाँ दरमा समेत बिक्री नहुने अवस्था सिर्जना आएको हो ।

सरकारले सेयर बजारप्रति कडाई गरेपछि दोस्रो बजारमा लगातार बढ्दो क्रममा रहेको लगानीकर्ताको संख्या निकै घटिसकेकोछ भने प्राथामिक निष्काशन (आईपीओ) आवेदक समेत १० लाखभन्दा बढीले घटिसेकेको अवस्था छ । यसले कम्पनीले पुनः तेस्रो पटक संस्थापक सेयर खुला गरेको हो ।

एचआइडीसीएलले साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयरको पुनः लिलामी खुला हुन सूचना आइतबार प्रकाशन गरेको छ । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पस्र्धी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं रहेको छ । बोलपत्र फारम बिक्री प्रबन्धकको कार्यालयबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

एचआइडीसीएलले यसअघि असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा करिब १६ प्रतिशत मात्र अर्थात ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । सोभन्दा अघि कम्पनीले २०७८ असोज ७ देखि १४ गतेसम्म ३२ लाख साधारण सेयर सहित ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएकोमा न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिने व्यवस्थाका कारण सेयर खरिका लागि पनि आवेदन परेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ श्रावण २०७९, आइतबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।