दुई लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । स्वावलम्बनको सीईओमा नरेन्द्रसिंह विष्ट र फरवार्डको सीईओमा रामदयाल राजबंशी नियुक्त भएका हुन् ।
स्वावलम्बनको सञ्चालक समितिको साउन ६ गते शुक्रबार बसेको बैठकले साउन ९ गते सोमबारदेखि लागू हुने गरी विष्टलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अवधेशप्रसाद पन्तले बताए ।
फरवार्डको सञ्चालक समितिको साउन ७ गते शनिबार बसेको बैठकले साउन १५ गतेबाट लागू हुने गरी राजबंशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जानाकारी दिए ।
स्वावलम्बनको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय दुवही सुनसरीमा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया