श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमामा १६ लाख बढीले आवेदन गरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार साँझ पाँच बजेसम्म १६ लाख ३ हजार ७७२ वटा आवेदन मार्फत १ करोड ८२ लाख ३९ हजार २७० कित्ता सेयरको माग परेको हो । यो संख्या सर्वसाधारणबाट माग भएको सेयर संख्याको ८.०३ गुणा बढी हो ।
कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म आवेदन गर्न पाउनेगरी सर्वसाधारणमा २२ लाख ७० हजार २५ कित्ता सेयर बिक्री खुला गरेको थियो । प्रतिसेयर १०० अंकित मूल्यका कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकोमा ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई सुरक्षित गरिएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशत सेयर जारी गरेको हो ।
कम्पनीको धितापत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया