डिप्रोक्स लघुवित्तद्धारा सेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विगत पाँच वर्ष अघिको नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ ।

कम्पनीले अझै पनि कतिपय सेयरधनीले लाभांश संकलन नगरेको भन्दै सोमबार नगद लाभांश संकलन गर्न सूचना नै जारी गरेको हो ।

लघुवित्तको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंबाट लाभांश बुझ्न सक्नेछन् ।

नगद लाभांश संकलन गर्दा जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै सेयरधनीले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र लैजानुपर्नेछ ।

तोकिएको समय भित्र नगद लाभांश संकलन नगर्ने सेयरधनीको उक्त रकम भने लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  ११ : ०९ बजे