राप्ती हाइड्रोको आईपीओ नतिजा प्रकाशनः यी चार स्थानबाट हेर्नुहोस्

0
Shares

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओ नतिजा प्रकाशन भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सोमबार बिहान भएको सेयर बाँडफाँडको नतिजा विभिन्न चार तरिकाबाट हेर्न सकिन्छ ।

१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नकै लागि विकास गरेको वेवसाइट

२. बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट

३. सिडिएससीको मेरो सेयरको वेवसाइटमा रहेको एप्लिकेशन रिर्पोट

४. निष्काशनकर्ता कम्पनी राप्ती हाइड्रो कम्पनीको वेबसाइट

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जना आवेदकले १० कित्ताको दरले प्राप्त गरेका छन् ।

गोलाप्रथाबाट बाँडफाँड गनर्का लािग बल थुत्दा लक्की नम्बर ६ बल निकालिएको थियो । सोही ६ नम्बर बललाइ आधार बनाएर सेयर पाउने भाग्यशाली आवेदक छनौट गरिएको हो ।

क्यापिटलले आईपीओमा कुल १४ लाख ९१ हजार ७ २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६१० कित्ताको आवेदन परेको जनाएको छ । जसमध्ये रितपुर्वक नपरेको तथा दोहोरो तेहोरो मार्फत परेको १ हजार ४२४ वटा रद्द गरी १४ लाख ९० हजार २९८ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएको थियो ।

लगानीकर्ताले यी विभिन्न चार स्थानबाट बाँडफाँड नतिजा हेर्न सकिने छ । आईपीओ नतिजा हेर्नका लागि विकास गरेको वेवसाइटमा सम्बन्धीत कम्पनी र १६ अंकको डिम्याट नम्बर राखेर सर्च गरी हेर्न सकिन्छ भने मेरो सेयरको वेबसाइटबाट माई आश्वाभित्र आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।

आईपीओमा १२ लाख ७२ हजार ६०४ सदर सहित आवेदन दिएका कुल १२ लाख ७४ हजर २८ जनाको हात खाली भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।