सुपरमाई हाइड्रो पावरले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश बाँड्ने

0
Shares

सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनी सदस्यलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चूक्ता पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी ३१ गते हुने कम्पनीको साधारण सभाले प्रस्ताव स्वीकृत गरेपछि वितरण हुनेछ ।

अघिल्लो आव २०७७।७८ मा कम्पनीले आफ्ना सेयरधनी सदस्यलाई ११.५० प्रतिशत (४ करोड ६० लाख ) र आव २०७६।७७ मा ७.१५ प्रतिशत (२ करोड ८६ लाख) लाभांश वितरण गरेको थियो । ती वर्षहरुमा क्रमशः ४ करोड ६३ लाख र ४ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफा-नोक्सान हिसाब नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने साथै २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

विसं २०७४ असार १८ गते गते बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको यस कम्पनीले सर्वसाधारणलाई सेयर वितरण गर्न प्रारम्भिक सेयर निश्काशन प्रकृया शुरु गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर जारी गर्न २०७८ मंसिर २० गते धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।

कम्पनी ऐन २०६३ अनुसार विसं २०७१ साल असोज २७ गते दर्ता भई २०७५ कार्तिक ११ गतेबाट व्कम्पनीले व्यवसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको जडित क्षमता ७।८ मेगावाट रहेको छ । माईखोलाको पानी प्रयोगबाट जलविद्युत उत्पादन गरी १२ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाईनबाट पावर हाउस गोदक सब स्टेशनमा पुर्याउने उद्देश्य रहेको यो परियोजना रन अफ रिभर प्रकारको परियोजना हो । यस परियोजनाले जलबिद्युत उत्पादन गरी राज्यको अर्थतन्त्र बिकाशमा निरन्तर टेवा पुर्याईरहेको छ ।

कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । विसं २०७३ चैत महिनादेखि निर्माण सुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिना अगावै विद्युत् उत्पादन गर्न सुरु गरेको हो । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनबाट गोदक सबस्टेसनमा जोडिएको छ ।

जलविद्युत क्षेत्रमा अब्बल कम्पनीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । अनुभवी तथा व्यबसायिक व्यक्तित्वहरुबाट सञ्चालित परियोजनाले चालु आर्थिक वर्ष २०७८।७९ को प्रथम ६ महिनामा कम्पनीले कन्ट्रयाक्ट ईनर्जीको ९८.९२ प्रतिशत उर्जा उत्पादन गरी बिकीबाट कूल १४ करोड ८७ लाख कमाई खुद मुनाफा ७ करोड ५० लाख आर्जन गर्न सफल भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  १५ : ३९ बजे