कुमारी धनवृद्धि योजनाको इकाई नेप्सेमा सूचीकृत, भाेलिदेखि काराेबार खुल्ने

0
Shares

‘कुमारी धनवृृद्धि योजना’ को १२ करोड २५ लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई सोमबार सूचीकृत गरिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम उक्त इकाई नेप्सेमा सूचीकृत गराइएको हो ।

योजनाको इकाई कारोबारका लागि नेप्सेले ‘केडिबिवाई’ कारोबार संकेत (सिम्बोल) दिएको छ । उक्त म्युचुअल फण्डको इकाई अब यसै कारोबार संकेतमा धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुनेछ ।

कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा बिक्री गरिएको उक्त फण्डको इकाई मंगलबारदेखि कारोबार सुरु हुनेछ । कानुनी व्यवस्था अनुसार इकाइ सूचीकरणकाे दाेस्राे काराेबार दिनदेखि दाेस्राे बजारमा काराेबार खुल्ने गर्दछ ।

फण्डको १२ करोड इकाई गत जेठ १२ देखि २६ गतेसम्म बिक्री खुला गरि असार ३ गते बाँडफाँड गरिएको थियो । आवश्यकताभन्दा बढी माग परेपछि योजनाको आकार २ करोड ५७ लाख रुपैयाँले बढेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  १८ : २१ बजे