‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ को १० करोड २० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २० लाख इकाई सूचीकृत भएको हो ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ‘एनआईसीएफसी’ कारोबार संकेत (सिम्बोल) दिएको छ । मंगलबारदेखि फण्डको इकाई यहि कारोबार संकेतमा खरिद बिक्रीमा आउनेछ ।
सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि धितोपत्रको दोस्रो बजारमा इकाईको कारोबार खुल्ने व्यवस्था रहेको छ ।
फण्डले एक अर्ब मूल्यको १० करोड इकाई गत जेठ १९ देखि २५ गतेसम्म बिक्री खुला गरि जेठ ३१ गते मंगलबार बाँडफाँड गरिएको थियो । आवश्यकताभन्दा बढी माग परेपछि योजनाको आकार २ करोड रुपैयाँले बढेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया