राधी विद्युत चालु आवमा हकप्रद अनुमति पाउने पहिलो कम्पनी

0
Shares

राधी विद्युत कम्पनी लिमिटेड चालु आर्थिक वर्षमा हकप्रद अनुमति पाउने पहिलो कम्पनी बनेको छ ।

कम्पनीले साउन ९ गते सोमबार बोर्डबाट एक बराबर एक दशमलव चार सात पाँच दुई अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट हकप्रद बिक्रीको अनुमति पाएसँगै अब कम्पनीले विद्यमान सेयरधनीहरुले आवेदन गर्न पाउनेगरी बुकक्लोज मिति र त्यसपछि हकप्रद खुला हुने तथा बन्द हुने मिति तोकेर हकप्रद बिक्रीमा ल्याउनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ रहेको छ । बोर्डबाट अनुमति पाएको १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२० रुपैयाँ पुग्नेछ ।

हकप्रद जारी गर्न कम्पनीले वैशाख २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको थियो । यसअघि राधी विद्युत कम्पनीको २०७८ असार २९ गते मंगलबार सम्पन्न भएको साधारण सभाबाट सञ्चालक समितिबाट चुक्ता पूँजीको ३६.५० प्रतिशत बोनस सेयर र बोनसपश्चात कायम हुने चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७.५२ प्रतिशत ९९५ लाख ३५ हजार ७६० कित्ता० हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  १९ : २३ बजे