ग्लोबल आइएमई लघुवित्तको नाफा बढेपनि प्रतिसेयर आम्दानी खुम्चियो

0
Shares

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले धेरै हो ।

अघिल्लो आवमा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५.३१ प्रतिशत र खुद ब्याज आम्दानी २६.३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष ३१ करोड ३२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३९ करोड ७६ लाख नाफा गरेको हो।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो ।

गत वर्ष अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि ३३ दशमलव ४५ प्रतिशत बढेर ४६ करोड ९ लाख पुगेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६३ करोड ४१ लाख कर्जा सापटी लिएको कम्पनीले ८ अर्ब २४ करोड २१ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले २ अर्ब ९६ करोड १२ लाख निक्षेप संकलन गरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशत पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० साउन २०७९, मंगलबार  १० : ०० बजे