आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले गत आर्थिक वष ०७८/०७९ मा १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम शिर्षकको रकम बढेपछि नाफा बृद्धिमा असर परेको देखिन्छ । अघिल्लो वर्ष ८३ लाख ८ हजार रूपैयाँ मात्र सम्भावित जोखिम शिर्षकमा छुट्याएको कम्पनीले गत वर्ष ४ करोड ९९ लाख रूपैयाँभन्दा बढी यो शिर्षकमा रकम छुट्याएको छ ।
लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.८९ प्रतिशत घटेको छ। अघिल्लो वर्ष १९ करोड ४८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १८ करोड ७२ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३३ करोड ३९ लाख १४ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढी २१ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । २ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५ अर्ब ३१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ पैसा बढेर ३७ रुपैयाँ १ पैसा पुगेको छ।
अघिल्लो वर्ष ३ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३.८५ प्रतिशत पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.४२ गुणा तथा प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।
कम्पनीको कर्जा सापटी २६.१३ प्रतिशत र कर्जा प्रवाह ३०.९९ प्रतिशत बढेको हो भने निक्षेप संकलन ३४.६२ प्रतिशत बढी भएको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया