हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले ७५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले हकप्रद सेयर जारी गर्र्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साउन १३ बसेको सञ्चालक समितिको बैठकले १३ औं र १४ औं वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा हलमा गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने जनाएको छ ।
सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने रहेको छ ।
यसैगरी अन्य प्रस्तावमा आव २०७८/०७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ ।
हकप्रद बिक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया