एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले घोषणा गरे लाभांश

0
Shares

एनएमबि क्यापिटलद्धारा संचालित २ म्युचुअल फण्डले गत आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका छन ।

क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश घोषणा गरेको हो ।

एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई पनि २१.०५२३६ प्रतिशत दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको त तसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।