हिमालयन हाइड्रोपावर लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहितको कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ ।
सर्वसाधारणका लागि खुला गरेको आईपीओ असार २८ गते मंगलबार कम्पनीले बाँडफाँड गरेकोमा साउन २० गते शुक्रबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गरेको हो । यससँगै अब आइतबारदेखि कम्पनीको धितोपत्र दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एचएचएल (HHL) कारोबार संकेत दिएको छ । यस्तै पहिलो कारोबारका लागि न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतम २२८.९९ रुपैयाँसम्मको अधिकतम कारोबार रेञ्ज तोकेको छ ।
नेप्सेले कुनैपनि कम्पनीको परिष्कृत वित्तीय विवरणका आधरमा निधर्भारण भएको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणासम्म पहिलो पटकको कारोबारका लागि रेञ्ज निर्धारण गर्ने गरेको छ ।
कम्पनीको सेयर १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथा मार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका थिए । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनाले सेयर पाउन सकेका थिएनन् । हाइड्रोपावरले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ सेयर असार १५ गतेदेखि १९ गतेसम्मसम्म सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरी बाँडफाँड गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया