पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । 
सोमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ ।
बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो समयको आवेदन संख्या र सेयर पाउने संख्या हेर्दा गोलाप्रथाबाट १० कित्ता पाउनु्पर्ने अवस्था रहेकाले एक हजारको आवेदन नै प्रयाप्त हुनेछ ।
आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरर बाँडफाँड गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया