मन्दाकिनी हाइड्रोपावरको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

0
Shares

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि अधिकतम ३०६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ रहेको छ । यसअनुसार पहिलो कारोबारका लागि कम्पनीले न्यूनतम १०२ देखि अधिकतम ३०६ रुपैयाँसम्मको रेञ्ज पाउने भएको हो ।

नेप्सेले पहिलो पटक नेप्सेमा सूचीकृत भई धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने कम्पनीलाई नेटवर्थको तीन गुणासम्म अधिकतम मूल्य रेञ्ज तोक्ने गरेको छ ।

कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण हुने प्रक्रियामा रहेको छ । साउन ९ देखि १२ गतेसम्म सेयर निष्काशन गरेको कम्पनीको उक्त आईपीओ साउन १७ गते बाँडफाँड भएको थियो । कम्पनीको आईपीओ १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यीमध्ये ९ जनाले ११।११ कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

मन्दाकिनी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार बिओके क्यापिटल मार्केटलाई सेयर रजिष्ट्रार चयन गरिएको हो । कम्पनी यहि क्यापिटलको बिक्री प्रबन्धकत्वमा स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।

यससँगै अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट नक्साल मार्फत हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।