शिवम् सिमेन्ट्स लिमिटेड कम्पनीको सञ्चालकमा गौरव शारदा नियुक्त भएका छन् ।
उनलाई रिक्त रहेको सञ्चालक सदस्यको पदमा बाँकी कार्यकालका लागि मनोनयन र नियुक्ति गर्ने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए ।
कम्पनीको सञ्चालक समितिको २०७९ साउन २२ गते आइतबारका दिन दिउँसो ४ बजे बसेको १०४ औं बैठकले शारदालाई बाँकी कार्यकालका लागी संचालक मनोनयन सम्बन्धमा निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक शारदा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं। २ का स्थायी बासिन्दा हुन् ।
आइतबारको बैठकले कम्पनीको सञ्चालक समितिका सञ्चालक सन्दिप कुमार शारदाको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । उनले आफ्नो व्यक्तिगत कार्य व्यस्तता समेतका कारण सञ्चालकको हैसियतले कार्य गरिरहन असमर्थता रहेको व्यहोरा उल्लेख गरि २०७९ असार २० गते राजीनामा पत्रद्धारा पेश गरेका थिए । आइतबारकाको १०४ औं सञ्चालक समितिको बैठकबाट उनको राजीनामा स्वीकृत गर्ने निर्णय पारित भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया