एभरेष्ट बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकको ऋणपत्र निर्धारित छाटो अवधिमा सबै बिक्री नभएपछि समय लम्बिएको हो ।
बैंकले साउन १८ गतेदेखि २ अर्ब मूल्यको प्रतिहजार अंकित दरका २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि आवेदन दिने समय लम्बिएको हो ।
कुल २० लाख इकाई ऋणपत्रमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि (सामूहिक लगानी कोषलाई ४० हजार इकाई सहित) खुला गरिएको छ भने १२ लाख युनिट ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
ऋणपत्रमा मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वामा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । बैंकको ऋणपत्रमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाउनेछन् ।
बैंकले ६ वर्ष अवधि रहेको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । ऋणपत्रको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया