राधी विद्युत कम्पनीले २०७९ साउन ३० गते सोमबार कम्पनीको १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल (जुम) माध्यमबाट सभा सञ्चालन हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८को नाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरणको प्रस्ताव गरेको छैन । यसअनुसार यो वर्ष कम्पनीले लगानीकर्ताको हात रित्तो बनाएको छ । कम्पनीले अघिल्लो आव २०७६।७७ बाट भने चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस वितरण गरेको थियो ।
सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २० गते बुकक्लोज गरेको छ । यसअनुसार साउन १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया