नेपाली बजारमा बुधबार सुन भाउ बढेको छ भने चादीँको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २३० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७९० डलर तथा चाँदी प्रतिऔंस २०.३८ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
हिजो मंगलबार नेपालको स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजावी सुन ९६ हजार ४०० रुपैयाँ र चाँदी १ हजार २४० रुपैयाँ तोलामा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया